काठमाडौं, पुस २ । राजस्व अनुसन्धान विभागले पौने दुई करोड रुपैयाँ बराबर राजस्व छली गरेको आरोपमा एक व्यक्ति र एक फर्ममाथि मुद्दा दायर गरेको छ ।
विभागले कैलालीको धनगढी उपमहानगरपालिकाका रमेशकुमार सैजुले चोरी–पैठारी गरी सुन ल्याएको भन्दै एक करोड ५३ लाख बिगो कायम गरी बिगोको दोब्बरसम्म माग–दाबीसहित कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
यस्तै, कैलालीकै लम्कीचुहा नगरपालिका–१ को देउती गुट्खा इन्ड्रस्ट्रिजले राजस्व चुहावट गरेको आरोपमा २५ लाख ९२ हजार माग–दाबीसहित मुद्दा दायर गरेको विभागले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्