२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने


0
Shares

काठमाडौं, पुस २ । नेपाल उद्योग परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने भएको छ ।

परिसंघले जर्मन विकास सहयोग (जीआइ जेड)अन्तर्गत् नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएका हो ।

परिसंघले बुधबार एक कार्यक्रम गरी यस कार्यको सुरुआत गरिएको घोषणा गरेको हो ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघका सदस्य प्रतिष्ठानलाई सेवा तथा सुविधा उपलब्ध गराउन परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापनासमेत गरिएको जानकारी गराए ।

यस डेस्कअन्तर्गत् परिसंघले ऊर्जा दक्षता विकास तथा सचेतना बढाउने कार्यलाई अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष मोरले व्यक्त गरेका छन् ।