७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


यातायात व्यवसायीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा


0
Shares

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिमा छुट, यातायात कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग अघि सार्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

आफूहरूको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि सम्बोधन नभएको भन्दै आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो । महासंघले भोलि वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालयमा धर्ना दिने र पर्सि यातायात व्यवस्था विभागमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

सरकारले आफूहरुको माग पूरा नगरे भदौ २४ गतदेखि सार्वजनिक सवारीमा आफैं भाडा समायोजन गरी लागू गर्ने चेतावनी समेत व्यवसायीले दिएका छन् । अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको ब्याज मिनाहा र किस्ताको म्याद कम्तीमा दुई वर्ष थप गर्नुपर्ने बताउनुभयो । यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण गठन गर्न समेत उनीहरुले माग गरेका छन् ।