काठमाडौं । चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीका लागि छुट्टयाइएको छात्रवृत्तिमा व्यापक दुरुपयोग हुने गरेको पाइएको छ ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सांसदहरुले यो विषय उठाउँदै छात्रवृत्ति दुरुपयोग हुने गरी नियमावली निर्माण नगर्न सरकारलाई सचेत गराएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारलाई सचेत गराउनु भयो ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनको विशेष आरक्षण गर्ने गरी कानुन बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
जवाफमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले छात्रवृत्ति दूरुपयोग हुन नदिन सचेत रहेको औल्याउनु भयो । गिरीले चिकित्सा अध्ययन संस्थान अन्र्तगतका परीक्षाहरु संचालनमा ढिलाई हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्