६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


गृहमन्त्रीको सप्तकोसीमा पनि निरीक्षण


0
Shares

उदयपुर, भदौ १९ । सप्तकोसी नदीले कटान गरेको क्षेत्र निरीक्षणका लागि गृहमन्त्री बालकृष्ण खाँड उदयपुर पुग्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री खाण कटान क्षेत्र बेलका ८ क‍ो टप्पु क्षेत्र पुग्नुभएको हो ।

गृहमन्त्री खाँडले कटान क्षेत्रका स्थानीयको समस्या र भएका प्रयास बारे नगरप्रमुख दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख संग जानकारी लिनु भएको छ ।

गएसाता परेको अविरल बर्षाले सप्तकोसीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिकाका ३ वटा वडाका स्थानीय जोखिममा परेका थिए ।