Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


देउवा र दाहाललाई ओलीको प्रश्नै प्रश्नः एमसीसी के गर्ने ?, कहाँ छ चीनसँग सीमा विवाद ?

माधव नेपालप्रति क्रूद्ध ओलीले भने ‘उनीजस्ता लाज शरम पचेको मान्छे दुनीयाँमा देखिनँ’

13
Shares

काठमाडौं, भदौं १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नैप्रश्नको वर्षा गर्नुभएको छ ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ माग्नुभएको हो ।

एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन् ।’

ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गर्नुभयो ।

पार्टीका पूर्वनेता माधव नेपालप्रति क्रूद्ध देखिनुभएका ओलीले भन्नुभयो, ‘दुनियाँ देश गएँ, तर माधव नेपालजस्तो लाजशरम पचेको मान्छे कतै देखिनँ ।’

वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै उहाँले नेपालको आलोचना गर्नुभएको हो ।

उहाँले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकीर पनि गर्नुभयो । अहिलेको सरकारले ल्याउन नसक्ने ठोकुवा गर्नुभयो ।