प्रकाश नेपाल
इलाम । आर्थिक अनुदान र उपचारात्मक सहयोगले प्रदेश– १ मा पशुपालक कृषकमा खुशियाली ल्याएको छ ।
दुध, दुग्द्यजन्य पदार्थ, मासु उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ संचालित आयोजनाबाट प्रदेश– १ का ३७ वटा नगरपालिका र ४० वटा गाउँपालिकाका कृषकहरु लाभान्वित भएका हुन् ।
चार वटा विकेन्द्रीकृत आयोजना सहयोग इकाइमध्ये प्रदेश एकको राजधानी विराटनगरमा रहेको विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ७ वटा जिल्लामा व्यवसायीक बाख्रा र गाईपालनका क्षेत्रमा काम गर्दै आएको छ ।
आर्थिक वर्ष ०७५/०७६ देखि स्थापना भएको विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका ४० वटा गाउँपालिका र ३७ वटा नगरपालिकाभित्र रहेका किसानको घर घरमा पुगेर काम गरी रहेको छ ।
आर्थिक वर्ष ०७९/८० सम्म कार्यान्वयन हुने आयोजनाले पशु सेवा क्षेत्रको सृदृढिकरण गर्दै दुध ,दुग्द्यजन्य पदार्थ, खसीबोकाको मासु उत्पादन र उत्पादकत्व वृद्धि गर्ने मुख्य लक्ष्यका साथ किसानकै घरदैलोमा पुगेर काम गर्दै आएको बिकेन्द्रिकृत सहयोग इकाईका प्रमुख डाक्टर सुधिर कुमार सिंहले बताउनुभयो ।
आयोजनाबाट उपलब्ध गराउने पुरक अनुदानको कार्यक्रम वित्तिय संस्था समेतको सहभागिता रहेको छ । खसीबोकाको मासु, दुध तथा दुग्द्यजन्य पदार्थको मुल्य श्रृङखला विकासमा बीस प्रतिशत किसानको तर्फबाट, वित्तिय संस्था मार्फत ऋण प्रवाह लगानी सहित तीस र बाँकी पचास प्रतिशत आयोजनाको तर्फबाट अनुदान दिने व्यवस्थाले व्यवसायीक बाख्रा र गाईपालनमा सहयोग पुगेको किसानको भनाइ छ ।
एक करोड रुपैयाँसम्म अनुदान दिने कार्यक्रमसँगै आयोजनाले स्थानीय तहका पशु सेवामा खट्ने प्राविधिक र प्रदेश एक सरकारका भेटेरीनरी अस्पताल र पशु सेवा बिज्ञ केन्द्रमा गाईबस्तुको रोग पत्ता लगाउने आधुनिक प्रविधि हस्तान्तरण गर्दै आएको छ ।
प्राविधिकहरुलाई तालिमसँगै उपचारमा प्रयोग हुने औषधि हस्तान्तरणले किसानको जिवनस्तरमासमेत सेवा प्रभाव गर्न सहयोग पुगेको छ ।
व्यवसायीक पशुपालनका रुपमा किसानले गाईपालनलाई प्राथमिकता दिएर दुग्धजन्य उद्योग स्थापना गरि घ्यु, छुर्पी, चिज उत्पादन गर्दै आएका छन् भने बजारीकरणमा समेत समस्या नहुँदा किसानहरु गाईपालनमा बढी हौसीएका हुन् ।
प्रतिक्रिया दिनुहोस्