५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


अर्घाखाँचीमा हाईस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ ।१० जना घाइते भएका छन ।

काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

११ जना सभार रहेको हाईसमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका हुन १० जना मध्ये गम्भिर घाईते ३ जना लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।

७ जनाको प्राथामिक स्वास्थ्य चौकी ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो । घाइते चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेको र अन्य १ जनाको अवस्था सामान्य रहेको जनाईएको छ ।