
सर्लाही, पुष २ । सर्लाहीका बजारमा तरकारीको मूल्य घटेको छ ।
स्थानीय उत्पादन पर्याप्त मात्रामा बजार आउन थालेपछि मूल्य घट्दै गएको व्यापारीले बताउछन् ।
अहिले यहा उत्पादन भएको काउली, बन्दा, गोलभेंडा, सिमी, भन्टा, मुला, नयाँ आलु जस्ता तरकारी पर्याप्त मात्रामा आइरहेको छ ।
केही साता अघिसम्म खुद्रामा प्रतिकिलो ८० रुपैयाँसम्ममा बिक्री भएको काउली अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै प्रतिकिलो सय रुपैयाँसम्ममा बिक्री भएको गोलभेंडा ५० रुपैयाँ, बन्दा प्रतिकिलो ६० रुपियाँ, भन्टा ५० रुपैयाँ, नयाँ आलु ६० रुपियाँ र मुला प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ ।
यसैगरी अन्य तरकारी तथा हरियो सागपातको मूल्य पनि पहिलेको तुलनामा घटेको व्यापारीले बताएका छन् ।
सबैतिर महँगिएको प्याजको भाउ भने सर्लाहीमा पनि उस्तै छ । जिल्लामा प्याज प्रतिकिलो एक सय ९० देखि दुई सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्