५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज


0
Shares

काठमाडौं, भदौ १८ । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण जीर्ण भएर मासिने अवस्थामा पुगेको छ ।

२०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु पुनर्निर्माण नगरिँदा ऐतिहासिक महत्व बोकेको कलेजका भवनहरु भत्किने अवस्थामा पुगेका छन् ।

भवनहरु जिर्णोद्धार नहुँदा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलले भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको भए पनि बाध्य भएर पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।

विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको उल्लेख गर्नुभयो ।