Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘सिमेन्टको आन्तरिक खपत बढाउनुपर्छ’


0
Shares

काठमाडौं, पुस १ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा विस्तार गर्ने योजना अघि सार्‍यो ।

पछिल्लो समय नेपाल सिमेन्ट उत्पादनमा पूर्णत आत्मनिर्भर बनिसकेको छ । त्यतिमात्रै होइन, केही सिमेन्ट उद्योगहरुले क्लिंकर उत्पादन तथा बिक्री गर्ने गरेका छन् ।

जसकारण नेपालमा सिमेन्टको आन्तरिक खपत बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

एक सर्वेक्षणअनुसार नेपालमा दैनिक ६० मेट्रिकटन बढी सिमेन्टको खपत हुने गरेको छ ।

नेपालमा सिमेन्टको इतिहासले पाँच दशकमात्रै पूरा गर्दा नेपाल आत्मनिर्भर बनिसकेको छ ।

यस समयमा सरकारले आन्तरिक खपत बढाउनुपर्ने सिमेन्ट उद्योगीहरुले बताउँदै आएका छन् । 

यसका लागि सरकारले ‘कंक्रिट रोड’को विकास गर्नसकेमा सिमेन्टको प्रयोग बढ्नुका साथै अलकत्राको पनि आयात कम गरी व्यापार घाटासमेत कम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सन्चालक पशुपति मुरारका बताउँछन् ।

नेपालमा रहेका केही ठूला उद्योगहरुले क्लिंकर उत्पादन र बिक्री गर्दै आएका छन् । त्यसमध्ये अर्घाखाँची सिमेन्टले क्लिंकर उत्पादन तथा बिक्री वितरण पनि गर्दै आएको छ ।

करिब सात अर्बका लगानी रहेको यस उद्योगले अहिले ‘पीपीसी’ र ‘ओपीसी’ दुवै प्रकारको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगले पाल्पा, अर्घाखाँचीलगायतका विभिन्न चुनढुंगाको खानीमार्फत् क्लिंकर उत्पादन गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Skip This