
सुनसरी, पुस १ । प्रदेश नम्बर–१ का प्रसिद्ध धार्मिकस्थल पाथीभरा र हलेसी महादेवको मन्दिर दर्शन गर्नका लागि माउन्टेन हेलिकोप्टरले हवाई सेवा सन्चालन गरेको छ ।
धरान होलिडेजको व्यवस्थापन र माउन्टेन हेलिकोप्टर प्रालिले धरान रंगशालाबाट ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी महादेवको मन्दिरमा धार्मिक पर्यटकहरुको दर्शनका लागि सेवा सन्चालन गरेको हो ।
धरानबाट हवाई सेवा सन्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रमुख धार्मिकस्थल र हिमाली जिल्लाहरुको रमणीय दृष्य अवलोकन गर्न थप सहज भएको छ ।
हलेसी र पाथीभरा हवाई यात्रा गरेवापत् यात्रीहरुले प्रतिव्यक्ति २९ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
त्यस्तै, धरान आसापासका क्षेत्रमा मात्र हवाई यात्रा गरेवापत् पाँच हजार रुपैयाँको ‘प्याकेज’को व्यवस्था गरिएको छ ।
पर्यटन वर्ष २०२० लक्षित गरी यातायातका साधनबाट लामो दूरी यात्रा गर्न नसक्नेहरुका लागि यो सेवा सुरु गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्