७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


तीन किलो कोकिनसहित एअरपोर्टबाट विदेशी महिला समातिइन्


0
Shares

काठमाडौं, पुस १ । अवैध लागुऔषध कोकिन तीन किलोसहित एकजना बोलिभियाकी नागरिक पक्राउ परेकी छन् ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उनलाई पक्रेको हो ।

राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा अर्टेगा ओल्गालाई सो परिमाणको कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् ।

विमानस्थलको आगमनकक्षमा जाँच गर्नेक्रममा उनको सुटकेसभित्र कोकिन फेलापरेको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।