२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


भारतविरुद्ध नेपालले गर्‍यो पहिलो गोल, अञ्जन विष्टले लिए मौकाको फाइदा


0
Shares

काठमाडौं, भदौं १७ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो गोल नेपालले गरेको छ । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् ।

विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले मौकामा गोल गरेका हुन् ।

कोरोना भाइरसको महामारीकौबीच पनि लामो समयदेखिको खेल खडेरी चिर्दै नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।