एजेन्सी । भारतका चर्चित अभिनेता तथा बिग बस सिजन १३ का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।
४० वर्षका शुक्लालाई मुम्बईको कपूर अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
बिग बस सिजन १३ मा विजेता बनेपछि उनी निकै व्यस्त तथा लोकप्रिय बनेका थिए । पछिल्लो समय उनको अभिनेत्री सेहनाज गिलसँगको प्रेमप्रसंग पनि चर्चामा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्