
इलाम । इलामको चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति अगरउडका वृक्षरोपण गरिएको छ ।
जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत १ हजार ८ सय अगरउड जातको वनस्पति सामुदायिक र निजी वनमा रोप्न सुरु गरेको हो ।
इलामको माई नगरपालिकामा रहेको सिर्जना सामुदायिक वन र वसन्त सामुदायिक वनमा ११ सय अगरउडका विरुवा रोपिएको छ ।
विरुवा रोएिको क्षेत्रमा घेराबारा र विरुवा संरक्षणका लागि टोकरी निर्माण गरिएको छ ।
वन पैदावारको स्रोत बढाउन र बहुमुल्य उपयोगी वनस्पति भएकाले संरक्षण गर्न थालिएको दक्षिणी सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ऋतेशबाबु बस्नेतले जानकारी दिए ।
पूर्वी एसियाका बढी गर्मी हुने क्षेत्रमा रैथाने रुपमा रहेको अगरउडको बोटमा एक प्रकारको ढुसी हालेपछि गाढा खैरो र कालो भाग उत्पादन हुने र यो सुगन्धित पदार्थलाई नै महँगो मूल्यमा बिक्री गर्न सकिन्छ ।
प्रतिकिलो एक लाख अमेरिकी डलरसम्म बिक्री हुने र छिटो बढ्ने वनस्पति भएकाले ८ देखि १० वर्षमा नै यसको उत्पादन लिन सकिने विज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्