मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु • Image Khabar Image Khabar


मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु


Imagekhabar
३१ जेष्ठ २०७५, बिहीबार २०:०८

मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु

चितवन, असार १ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति करीब १०ः३० बजेको समयमा ना२०प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५/५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर ल्याइएको थियो । उनको राति करीब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्