पाल्पा, पुष १ । रिव्दिकोट गाउँपालिका वडा नंं ४ मा रहेको भैरव मन्दिरमा पुग्ने दर्शनार्थीको संख्या ह्वात्तै बढेको छ ।
मनोकामना पूरा हुने विश्वासमा दैनिक सयौंको संख्यामा दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका छन् । मन्दिर दर्शनका साथै वनभोजका लागिसमेत सर्वसाधारणहरु यहाँ पुग्ने गरेका छन् ।
पाल्पालीहरुले भैरव देवतालाई इष्ट देवताको रुपमा पूजा गर्दै आएका छन् । १६ औं शताव्दीमा पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले भैरवमन्दिर स्थापना गरी पूजा आजा चलाएका थिए ।
मणिमुकुन्द सेन प्रथमलाई सपनामा तिम्रो राज्यको पूर्वतर्फ भैरव मन्दिर स्थापना गरी पूजा आजा चलाउनु भनी आदेश भएपछि राजाले मन्दिर निर्माण गरी पूजा सुरु गरेको इतिहाँसमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्