काठमाडौं । नेपालको चर्चित हास्य रियालिटी शो कमेडी च्याम्पियनबाट हिक्मत महरा बाहिरिएका छन् ।
बुधबार भएको कार्यक्रमको सुटिङमा उनी सहभागी नभएसँगै उनी बाहिरिएका हुन् । बुधबार कमेडी च्याम्पियनको उत्कृष्ट तीनको प्र्रस्तुतिको सुटिङ भएको थियो ।
सुटिङमा हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सुटिङमा सहभागी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा दीपक र दीपाले भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले प्रस्तुति दिएको जानकारी दिए ।
चार प्रतिस्पर्धीमध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्