६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले गरे राजीनामाको घोषणा

कांग्रेसमा किचलो

0
Shares

काठमाडौं, भदौं १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा गर्नुभएको छ । उहाँले आफूले नेतृत्व गर्दै आएको नेपाल दलित संघको अध्यक्षबाट समेत राजीनामा घोषणा गर्नुभएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन निर्देशिकाले दलित समुदायलाई निषेध गर्न खोजेको भन्दै नेता विश्वकर्माले बुधबार विज्ञप्ति जारी आपत्ती जनाउनुभएकाे हाे ।

निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाउनुभएको छ ।

षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी निर्वाचन निर्देशिका लागू गरिए दलित संघलाई मान्य नहुने चेतावनी पनि उहाँले दिनुभएको छ ।

पार्टीमा यसअघि नै लागू भइसकेको समावेशी सिद्धान्तकै खिल्ली उडाउने खालको नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भन्दै दुबै पदबाट राजीनामा दिएको विश्वकर्माले उल्लेख गर्नुभएको छ ।