६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नेपाली कांग्रेसमा थपिए सभापतिका उम्मेदवार, कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

नेपाली कांग्रेस १४ औं महाधिवेशन

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । गुरुङले आफ्नो उम्मेदवारी मोलतोलका लागि नभएको पनि प्रष्ट गर्नुभयो ।

सभापतिमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै गुरुङले हिसाब देखाउँदै भन्नुभयो, ‘मलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिका साथै नयाँले पनि भोट दिन्छन् । म जितको अन्त्यन्त नजिक भएको सभापतिको उम्मेदवारको रुपमा उभिएको छु ।’

पार्टीलाई विधान अनुसार चलाउने र गूटबन्दी अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै गुरुङले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने व्यवस्था गरिने पनि जनाउनुभयो ।

एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने एजेण्डा रहेको गुरुङले जनाउनुभयो ।

कांग्रेसले केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेका लागि तय गरेको छ ।