
काठमाडौं, पुष १ । अमेरिकी बोइङ ७३७ जहाज निर्माता कम्पनीले केही समयमा लागि आफ्ना उत्पादन बन्द गर्ने भएको छ ।
पछिल्लो समय कम्पनीले उत्पादन गरेका दुई वटा बोइङ दुर्घटनामा परेपछि नयाँ सुविधाहरु थप गरेर बोइङ विमान निर्माण गर्ने भन्दै कम्पनीले हालका लागि आफ्ना उत्पादन स्थगन गरेको जनाएका छ ।
नयाँ फिचरसहित निर्माण गरिएका सुविधासम्पन्न भनिएको बोइङ इन्डोनेसिया र इथियोपियामा दुर्घटना हुँदा तीन सय भन्दा बढीको मृत्यु भएको थियो ।
निर्माण भएका नयाँ विमानमै त्रुटी रहेको छानविन समितिहरुले औंल्याएपछि कम्पनीले केही समयकालागि उत्पादन नै बन्द गर्नुपरेको जनाएको हो ।
सिएटलमा रहेको बोइङ वासिङटन अमेरिकाको ठूलो विमान निर्माता कम्पनीमध्येको एक हो ।
कम्पनीले आफ्ना इन्जिनियर र कामदारलाई उच्च प्रशिक्षण दिने जनाएको छ ।
अमेरिकन उड्डयन प्राधिकरणका अधिकारीहरुले नयाँ सुविधासहित विमानको डिजाइन परिवर्तन नगरे फेरि पनि भयानक दुर्घटनाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्