२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘भ्रष्टाचारमुक्त समाज निर्माणका लागि लागिपर्छु’


0
Shares

काठमाडौं, मंसिर ३० । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा केन्द्रीय मानन्धर संघले राज्यमन्त्री मानन्धरको सम्मानमा गरेको कार्यक्रममा उनले देश विकासका लागि लागिपर्ने बताए ।

केन्द्रीय मानन्धर संघ पुरानो सामाजिक संस्था भएरपनि संघको आफ्नो घर नभएको भन्दै राज्यमन्त्री मानन्धरले त्यसका लागि आफूले प्रयत्न गर्ने पनि बताए ।

कार्यक्रममा पूर्वसांसद लक्ष्मीदास मानन्धर, प्रदेशसभाका सांसद वसन्त मानन्धरलगायतको उपस्थिति थियो ।