 
	    धनकुटा, मंसिर ३० । धनकुटाको हिलेमा आयोजित प्रथम धनकुटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दुहवी फुटबल क्लब सुनसरीले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटबल फ्रेन्ड क्लबलाई ‘सडेनडेथ’मा हराउँदै उपाधि जितेको हो ।
निर्धारित् समय र ‘टाइब्रेकर’मा पनि बराबरी सकिएपछि सडेनडेथबाट खेलको निर्णय लिइएको हो ।
धरानका कप्तान सुबोध शाहीको प्रहार असफल भएपछि दुहवीका कप्तान सिर्जित कार्कीले गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् ।
उपाधिसँगै दुहवीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता धरानले ५० हजार पाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्