१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


जुम्लामा बेपत्ता भनिएका १२ जना सकुशल घर फर्किए


0
Shares

कृष्ण बोहोरा (इमेज)

जुम्ला, मंसिर ३० । जुम्लाको तिला गाउँपालिका–९, शेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका ढिपु गाउँका १२ जना सकुशल घर फर्किएका छन् ।

बिहीबारदेखि सम्पर्कमा नआएका उनीहरु सोमबार घर फर्किएका हुन् ।

चार दिनदेखि सम्पर्कमा नआएको भन्दै तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले गृह मन्त्रालयमार्फत् खोज्न आग्रह गरेका थिए ।

भारी हिमपातका कारण उनीहरु पाटनकै एक ओडारमा बसेका थिए ।

हिउँ कम भएसँगै उनीहरु आफैं घर फर्किएर आएको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकाअनुसार उनीहरुको उद्धारका लागि सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो ।