काठमाडौं । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ । भद्रपुर नगरपालिका– १ प्रकाशपुरमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिक गएराती अज्ञात समूहले तोडफोड गरेको हो ।
शालिकको शिरछेदन गरी भुइँमा लडाइएको अवस्थामा फेला परेको छ । २०५१ सालमा स्थानीय साहित्यकारहरुको पहलमा शालिक निर्माण गरिएको थियो ।
पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो । शालिक तोडफोडको अनुसन्धान भइरहेको र तोडफोड गर्नेहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएके छ ।
केही समय यता विभिन्न स्थानमा देवी देवताका मूर्ति र स्रष्टाहरुका शालिक तोडफोड गर्ने क्रम बढ्दै गएको छ । तर राज्यले यस्ता विषयमा गम्भीर ध्यान दिन भने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्