Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


काठमाडौं लगायत देशभर चिसो बढ्यो


0
Shares

काठमाडौं, मंसिर ३० । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशभर चिसो बढेको छ ।

उच्च पहाडीसहित हिमाली भूभागमा आज  हिमपातको सम्भावना रहेको जनाइएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा  हिमपातको सम्भावना रहेको जानकारी दिए ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ ।

बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ । रासस