
इलाम, मंसिर ३० । गोलाखर्कस्थित भगवती माध्यमिक विद्यालयको भवन अतिक्रमणको चपेटामा परेको छ ।
सदरमुकामको यो पुरानो विद्यालयले आफ्नो जमिन यकिन गर्न नसक्दा र भवन संरक्षणमा ध्यान नपुर्याउदाँ सडक बनाउने योजनाले अतिक्रमणको चपेटामा परेको हो ।
वि.सं २००८ सालमा स्थापित इलाम नगरपालिका ९ गोलाखर्कस्थित भगवती माध्यामिक विद्यालय लामो समयसम्म यही भवनमा सञ्चालन भयो ।
पछि अर्को स्थानमा जमिन र भौतिक संरचनाको व्यवस्था गरिएपछि कक्षा उतै सारियो । तर यो भवन अहिले जीर्ण वन्दै गएको छ ।
यसले ठूलो दुर्घटना निम्त्याउने भन्दै स्थानीयले यो भवनको औचित्य नभएकाले भत्काउनुपर्ने बताएका छन् ।
तर विद्यालयले भने यो भवन र जमिनलाई संरक्षण गर्दै प्राविधिक शिक्षालय बनाउनु पर्ने अडान राख्दै आएको छ ।
पुरानो विद्यालयको जमिन र भवनलाई संरक्षण गरेर अतिक्रमण जोगाउन विद्यालय व्यवस्थापन समितिले स्थानीय सरकारलाई आग्रह गरे पनि सुनुवाई भएकोे छैन ।
प्रतिक्रिया दिनुहोस्