
सप्तरी, मंसिर ३० । राजविराजमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यले तीव्रता पाएको छ ।
देशकै पहिलो टाउन प्लानिङ्ग सिटी राजविराजमा स्थानीयको अवरोधका कारण लामो समयदेखि बसपार्क निर्माण कार्य रोकिएको थियो ।
स्थानीयले जग्गा विवाद देखाउँदै हालेको मुद्दाको फैसला टुंगिएसँगै निर्माणको काम अघि बढाएको सघन सहरी तथा भवन निर्माण आयोजाका प्रमुख रमेशकुमार थिङ्गले जानकारी दिए ।
सघन शहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत २०७४ गत माघ २६ गते बसपार्कको शिलान्यास भएको थियो । बस पार्क निर्माणको ठेक्का सिनर्जी विल्डर्स प्रालि काठमाडौंलाई दिइएको छ ।
हालसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका इन्जिनियर अमित साहले बताए ।
करबाहेक कुल १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँमा निर्माण थालिएको यस बसपार्कमा सेड, घण्टाघर, भित्रीसडक, सर्भिस सेन्टर, शौचालय, इन्धन ड्रेन, कम्पाउण्ड पर्खाल र टर्मिनल भवन निर्माण गरिने सम्झौता छ ।
२०७७ पुस १८ गतेभित्र निर्माण कार्य सम्पन्न गरी राजविराज नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकाले कामदार थप गरी द्रुत गतिमा काम अगाडि बढाईएको निर्माण कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्