४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सामाजिक सुरक्षा कार्यक्रमका समस्या समाधानका लागि पुनः ध्यानाकर्षण


0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण गराएको छ ।

परिसंघका अध्यक्ष सतिश मोरले आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको ध्यानाकर्षण गराएका हुन् ।

उनले योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए ।

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यान पुग्नुपर्ने बताए ।

सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।

सचिव केसीले पसिसंघका सुझावबारे मन्त्रालय गम्भिर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउँदै जान पहल भइरहेको आश्वासन दिएका थिए ।