काठमाडौं । बज्राचार्य क्लबले पौष १२ गते शनिवार आयोजना गर्न लागेको बज्राचार्य अवार्ड २०१९ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ ।
नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको हो ।
शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो । विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरेका बज्राचार्यहरुलाई पुरस्कृत गरिने समारोहमा चर्या नृत्य तथा लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
सहभागिताका लागि क्लबको वेभपेज https://bajracharyaclub.org.np/ मा गइ फाराम भर्न सकिने आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्