Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्र बैंकको निर्देशन प्रति ‘फियन’ को कडा आपत्ति


0
Shares

                        

काठमाडौ, मंसिर २९ ।  राष्ट्र बैंकले नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता हुन जारी गरेको निर्देशनप्रती नेपाल वितिय संस्था कर्मचारी संघ (फियन) ले कडा आपत्ति जनाएको छ ।

फियन राष्ट्रिय समितिले राष्ट्र बैंकका गभर्नरको कार्यालयमा शुक्रबार ध्यानाकर्षण पत्र दर्ता गर्दै यस्तो आपत्ति जनाएका हुन् ।

गभर्नर र डिपुटी गभर्नर दुवै जना बाहिर रहेकोले ध्यानाकर्षण पत्र कार्यालयमा दर्ता गरेको हो ।

राष्ट्र बैंकले बुधबार कोषमा दर्ता हुन सुचना जारी गरेपछी बैंक तथा वितिय संस्थालाई नियमन गर्ने संस्था भए पनि कोषमा दर्ता हुन निर्देशन दिने कार्य नियम विपरीत र कार्य क्षेत्रधिकार बाहिर रहेको फियनको तर्क छ ।

फियनका महासचिव हरिराज खरेलद्धारा हस्तक्षरित ध्यानाकर्षण  पत्रमा सामाजिक सुरक्षा योजनामा जाँदा वितिय क्षेत्रका कर्मचारीहरुले पाईरहेको सेवा सुविधाको ग्यारेण्टी गरेर मात्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नु पर्ने, हाल नोकरी अवधी ३० वर्ष मा उमेर ५८ वर्षमा अवकाश भए पनि कोषमा जाँदा ६० वर्ष पुग्नै पर्ने छन् ।

त्यस्तै निवृतिभरण वापतको रकम भुक्तानी र उमेर अन्तरको समस्यालाई सम्बोधन गर्नु पर्ने, बैंक तथा वितिय संस्थाहरुमा कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिदा तिर्नुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्नु पर्ने छन् ।

कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषबाट पाउने सहुलियत ऋण सुविधाको व्यवस्था हुनुपर्ने, सामाजिक सुरक्षा कोषलाई ऐच्छिक बनाउनु पर्ने र अनौपचारिक क्षेत्र जसले केहि पनि सुविधा पाएका छैनन् शुरुमा त्यहाँका श्रमिकहरुलाई समावेश गर्नुपर्ने उल्लेख छ ।

Skip This