१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु


0
Shares

सिन्धुपाल्चोक, मंसिर २९ । कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको छ । 

बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस लामोसाघु जिरी सडक खण्डको ६ किलोबाट ५ सय मिटर तल खसेको छ ।

आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए । 

घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।