४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


विश्वकी सबैभन्दा सुन्दरी जमैकाकी टोनी, नेपालकी अनुष्काले जितिन ‘ब्युटी विथ द पर्पोज’


0
Shares

काठमाडौं, मंसिर २९ । मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीले ले जितेकी छिन् । जमैकाकी टोनी एन सिंले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जितेकी हुन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान बनाएकी हुन् ।

मिस वर्ल्ड २०१८ की भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् । फस्ट रनरअफमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने सेकेण्ड रनरअफमा भारतकी सुमन राव भइन् ।

नेपालकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ भने सेमिफाइनलसम्म पुगेकी थिइन् । उनले मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा पनि जितेकी छिन् ।