१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


छ लाखमा ६६ काउली र १३ लाखमा ५० बोट कागती


0
Shares

काठमाडौं, मंसिर २९ । कृषि उत्पादन बढाउन राजयले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ  ।

पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छदम किसानले सरकारी कार्यालय धाउँदैं बजेट हात पारेका छन् ।

कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन् खल्तीमा जम्मा हुन्छ ।

प्रदेश ५ सरकारले विभिन्न शिर्षकमा दिएको अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार टोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितता उदांगो भएको हो ।

समितिका सभापति विजयबहादुर यादव, सदस्यहरु चेतनारायण आचार्य, कमलराज श्रेष्ठ, कृष्णध्यज खड्काले स्थलगत अध्ययनमा व्यापक अनियमितता भेटिएको भन्दै दोषी कर्मचारीलाई समेत कारवाही गर्न सिफारिस गरेका छन् ।

प्रदेश ५ को संसदीय समितिको अध्ययनलगतै नयाँ पत्रिका संवाददाताहरुले पनि स्थलगत अध्ययन गरेका छन् । अध्ययनमा अनुदान दुरुपयोगका अनौठा अनौठा नमुना भेटिएका छन् ।

कपिलवस्तु नगरपालिका  २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मनबहाल बरैले ६ लाख अनुदान लिएका थिए । यो अनुदानबाट उनले करेसाबाीमा ६६ वटा काउलीको बेर्ना रोपेका छन् ।

रोपेका काउलीपनि स्याहार नपाएर माटोमै हराएका छन् । यसरी सरकारले दिएको अनुदानबाट एउटा काउलीको बिरुवाको नौ हजार ९० परेको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।