
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, मंसिर २८ । पर्वतमा एकजना युवक मृतावस्थामा फेलापरेका छन् ।
फलेवास नगरपालिका–७, लिमिठानाका २६ वर्षीय डिलबहादुर नेपाली मृत भेटिएका हुन् ।
शनिबार बिहान फलेवास–७, चिर्दिखोलामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वत र फलेवास प्रहरीचौकीको टोली घटनास्थलमा पुगेको थियो ।
शनिबारै मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।
आइतबार पोस्टमार्टम गरी शव आफन्तलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्