
सप्तरी, मंसिर २८ । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३, हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ ।
तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका)को शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाउँको भित्री सडकखन्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।
नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइँले बताए । रासस
प्रतिक्रिया दिनुहोस्