दुई महिनाघि अपहरणमा परेका १ सय ३४ विद्यार्थी अपहरणमुक्त « Image Khabar


दुई महिनाघि अपहरणमा परेका १ सय ३४ विद्यार्थी अपहरणमुक्त


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले दुई महिना अघि अपहरण गरेका १ सय ३४ जना विद्यार्थीलाई अपहरणमुक्त गरेको छ ।

सो समूहले दुई महिना अघि कादुना प्रान्तको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको थियो । सोही समयमा उनीहरूले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मीको पनि अपहरण गरेकोमा उनीहरू पनि अपहरणमुक्त भएका छन् ।

अपहरणमा परेका १ सय ४० विद्यार्थी मध्ये ६ जनाको भने हत्या गरिएको थियो । मोटरसाइकलमा विद्यालय प्रवेश गरेका उनीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दै १ सय ४० जना विद्यार्थीको अपहरण गरेर जंगलतर्फ लगेका थिए । नाइजेरियामा गत डिसेम्बरदेखि हालसम्म १ हजार विद्यार्थी अपहरणमा परिसकेका छन् ।