Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नेपालविरुद्धकाे मैत्रीपूर्ण फुटबलका लागि भारतद्वारा २५ सदस्यीय टोली घोषणा


0
Shares

काठमाडौं । भारतले नेपालसँगको मैत्रीपूर्ण दुई फुटबल खेलका लागि २५ सदस्यीय टीम घोषणा गरेको छ ।

भदौ १७ र २० गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक इगोर स्टिम्याक शुक्रबार सुनिल क्षेत्रीको कप्तानीमा टीम घोषणा गरेको भारतीय फुटबल संघले जनाएको छ ।

खेलका लागि भारतीय टोली १४ गते काठमाडौं आउनेछ । भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । साफ च्याम्पियनसिप प्रतियोगिताको तयारी स्वरुप नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

पछिल्लो पटक विश्वकप क्वालिफायर २०१८ मा नेपाल र भारतले दशरथ रंगाशालामै गोलरहित बराबरी खेलेका थिए ।

यस्तो छ भारतीय टीम :
गोलकिपर– अमरिन्दर सिंह, धिरज सिंह मोइरङ्गथम, गुरप्रित सिंह सन्धु

डिफेन्डर– प्रितम कोटाल, चिङ्लेसाना सिंह कोन्साम, मन्दर राव देसाइ, आकाश मिश्रा, राहुल भेके, सुवासिश बोस, सेरिटन फर्नान्डेज

मिडफिल्डर– लालेङ्माविया, विपिन सिंह, अनिरुद्ध थापा, सहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङ्जाम, जिक्सन सिंह, प्रोने हल्देर

फरवार्ड– मनवीर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फारुख चौधरी