
काठमाडौं । जिल्ला अदालत धनुषाले श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पुरुषलाई १० वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जयकुमार साहलाई १० वर्ष कैद गर्ने फैसला सुनाएको हो । गत साउन २५ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
गत कात्तिकमा साहले श्रीमती आरती साह र ४ वर्षीया छोरी रियालाई एसिड प्रहार गरेका थिए । आरतीलाई लक्षित गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको थियो ।
श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्