३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सोलुखुम्बुमा हिमपात र चिसोले जनजीवन प्रभावित (७ तस्वीर)


0
Shares

सन्तोष राउत (इमेज)

सोलुखुम्बु, मंसिर २७ । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार बिहानदेखि पानी तथा हिउँ पर्दा स्थानीयको जनजीवन कस्टकर बन्दै गएको छ । पशु–चौपायाहरुसमेत प्रभावित भएका हुन् ।

खुम्बु क्षेत्रमा करिब एक फिट हाराहारीमा हिमपात भएको छ । हिउँ पर्नेक्रम जारी रहेकाले शनिबार बिहानसम्म दुई फिटसम्म हिउँ जम्नसक्ने खुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारी मिश्रकाजी तामाङले बताए ।

सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले चिसो बढेसँगै जनजीवन कस्टकर बनेको स्थानीयले बताएका छन् ।

सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीका पिके डाँडा, टाक्सिन्दु, जुभिङलगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।

कृषकमा उत्साह

लामो समयपछिको वर्षाले कृषकहरुमा भने उत्साह जागेको पाइएको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानी धेरै महत्वपूर्ण भएको कृषकहरुको भनाइ छ ।

अब मकै सजिलै उम्रने सल्लेरीका कृषक विनोद थापाले बताए ।

यो ‘सिजन’को पहिलो हिमपात भएकाले हिउँमा खेलेर रमाउनेको पनि संख्या निकै रहेको छ ।

अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दाहरुलाई घरबाहिर निस्कन समस्या भएको पाइएको छ ।

‘घाम लाग्दा गर्मी हुने, पानी पर्दा चिसो हुने, झनै हिउँ पर्दा त अत्यधिक चिसो बढेको छ’–सल्लेरीकी सोनी राईले भनिन् ।

चिसोले विषेशगरी बालबालिका र वृद्धवृद्धाहरुलाई सताएको छ ।