Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


कलेजबाट पिकनिक जाँदै गरेको बस दुर्घटना


0
Shares

काठमाडौं, मंसिर २७ । मदन भण्डारी मेमोरियल कलेजको पिकनिक जान लागेको बस दुर्घटना भएको छ ।

आज बिहान स्नातक तह तेस्रो वर्षका विद्यार्थी बोकेर पिकनिकका लागि घ्याम्पे डाडाँ जाँदैं गरेको बस सुर्यविनायकमा दुर्घटना भएको हो ।

बा ५ ख ४२८६ नम्बरको बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ। 

दुर्घटनामा विद्यार्थी सामान्य घाइते मात्र भएको र उनीहरूको इवामोरा अस्पतालमा उपचार भइरहेको कलेजका प्रधानाध्यापक डम्बर हमालले जानकारी दिए।