Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

जस अनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ ।

त्यसैगरी अन्य निकायहरू शहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । आयोगको म्याद पुस मसान्तमा सकिँदैछ ।