१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न तयार छौं : जापानी राजदूत


0
Shares

काठमाडौं, साउन १५ । नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिचि साइगोले नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न जापान तयार रहेको बताएका छन् ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसँगको भेटमा राजदूत मासामिचिले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुत् बनाउन पहल गर्ने पनि बताए ।

राजदूत मासामिचिले नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनःनिर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको भन्दै सहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दीगो पुनःनिर्माण र पूर्वाधार विकासमा थप सहयोग विस्तार गर्ने बताएको जनाइएको छ ।