
सर्लाही, मंसिर २७ । भारतबाट दस जना नेपाली बालकको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।
भारतको बिहार राज्यको सीतामढीमा बालश्रमिकको रुपमा उनीहरुलाई प्रयोग गरिँदै आइएको थियो । भारतीय प्रहरीले उद्धार गरेका ती बालश्रमकिलाई सीतामढीमा रहेको एक बालगृहमा राखिएको थियो ।
विगत एक महिनादेखि बालगृहमा रहेका उनीहरुलाई सर्लाहीका सामाजिक अभिगन्ता सरोज रायले नेपाल ल्याएर परिवारका जिम्मा लगाएका हुन् । उद्धार गरिएकाहरुमा ८ जना सर्लाही र २ जना पर्सा जिल्लाका छन् ।
उद्धार गरिएकामध्ये ७ जना बालकलाई श्रमिकको रुपमा प्रयोग गरिएको थियो भने तीन जनालाई अपहरणकारीले भिख मगाउँदै गरेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्