मकवानपुर, मंसिर २७ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चरेससहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिनेमा बारा पचरौता नगरपालिका वडा नं ७ का अरबिन्दकुमार पटेल र बारा आदर्श कोतवाल गाउँपालिका वडा नं १ का सुल्तान मिया अन्सारी छन् ।
हिजो भिमफेदीबाट हेटौंडा सडकखण्डको भिमफेदी गाउँपालिका वडा नं २ बाट चेकजाँचका क्रममा प्रहरीले उनीहरुलार्य पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १० केजि २५० ग्राम चरेस बरामद गरेको छ । उनीहरुले प्रयोग गरेको एउटा पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी अदालतमा पेस गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्