१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


वायुसेवा निगमको टिकट इसेवामार्फत् खरिद गर्नसकिने


0
Shares

काठमाडौं, साउन १५ । नेपालको पहिलो ‘पेमेन्ट गेट वे’ इसेवा फोन पे प्रालि र नेपाल वायुसेवा निगमबीच अनलाइन टिकटिङका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इसेवाका तर्फबाट सीइओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै इसेवाबाट वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्नसकिने जनाइएको छ ।