२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सेयरबजार ऋणात्मक, कारोबार पनि घट्यो


0
Shares

काठमाडौं, साउन १५ । मंगलबार पनि सेयरबजार ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ऋणात्मक रहेर ११ सय ९१ कायम भएर थामियो । कारोबार पनि १७ करोड रुपैयाँमा खुम्चियो ।

विकास बैंक, जलविद्युत् र वित्त समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह रातो रहे ।

जीवनबिमा समूह सबैभन्दा उच्च २७ अंकले झर्‍यो । निर्जीवन बिमा समूह पनि २४ अंकले ओरालो लाग्यो । होटल समूह पनि दोहोरो अंकले ओर्लिंदा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका ५ लाख ७८ हजार कित्ता सेयर जम्मा १६ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।