काठमाडौं । टोकियो पाराओलम्पिक खेलकुद आजदेखि सुरु हुँदैछ । ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुने गरेको छ ।
यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । यस पटकको पारा ओलम्पिकमा २२ खेल समावेश गरिएको छ । १ सय ६० देशका ४ हजार ५ सयभन्दा बढी खेलाडीहरुले सभागिता जनाउँदैछन् ।
पारा ओलम्पिकको यो संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पाराओलम्पिकमा नेपालबाट एकजना खेलाडीको सहभागिता रहेको छ ।
पारा तेक्वान्दाे खेलाडी पलेशा गोवर्धनले टोकियोमा नेपालले प्रतिनिधित्व गर्दैछिन् ।





प्रतिक्रिया दिनुहोस्