२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


बेरुजु बढ्नु सुशासन नहुनु हो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जानाजान बेरुजु गर्नु भ्रष्टाचार भएको बताएका छन् ।

बेरुजु बढ्नु सुशासनका लागिसमेत नराम्रो संकेत भएको उनको भनाइ छ ।

महालेखा परीक्षकको २०७४/०७५ को लेखापरीक्षणसम्बन्धी मंगलबारको बैठकमा उनले जानाजान बेरुजुमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।

भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनैपनि निकायले उन्मुक्ति नपाउने भन्दै उनले राजनीतिक नेतृत्व पनि नियम–कानुनभित्र बस्नुपर्ने बताए ।

बैठकमा महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४/०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएकोप्रति ध्यानाकर्षण गराएका थिए ।